चुनावको मुखमा बागी उठेका जेडीयूका १६ नेता निष्कासित

चुनावको मुखमा बागी उठेका जेडीयूका १६ नेता निष्कासित

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । भारतकाे बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारको पार्टी जनता दल (युनाइटेड) (जेडीयू)ले राज्य विधानसभा चुनावको ठीक अगाडि आफ्ना १६ बागी नेताहरूमाथि अनुशासनात्मक कारबाही गर्दै निष्कासित गरेको छ । निष्कासित हुनेहरूमा एकजना बहालवाला विधायक र दुईजना पूर्व विधायकहरू समेत रहेका छन्।

पार्टीबाट निष्कासित गरिएका अधिकांश नेताहरू नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए), जसको जेडीयू पनि एक हिस्सा हो । त्यसका आधिकारिक उम्मेदवारहरू विरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। उनीहरूलाई पार्टी विरोधी गतिविधिमा संलग्न भएको र पार्टीको विचारधाराको उल्लङ्घन गरेको आरोप लगाइएको छ।

निष्कासित हुने प्रमुख नेताहरूमा गोपालपुरका बहालवाला विधायक नरेन्द्र नीरज उर्फ गोपाल मण्डल, पूर्व विधान पार्षद (एमएलसी) सञ्जीव श्याम सिंह र पूर्व मन्त्री हेमराज सिंह रहेका छन्।

गोपाल मण्डलले पार्टीले आफ्नो टिकट काट्ने योजना बनाएको थाहा पाएपछि पटनास्थित मुख्यमन्त्रीको निवास बाहिर धर्ना दिएका थिए। जब जेडीयूले गोपालपुर सिटबाट राष्ट्रिय जनता दल (आरजेडी) का पूर्व नेता बुलो मण्डललाई उम्मेदवार बनायो, तब उनी झन् मुखर बने।

पछि, गोपाल मण्डलले सोही सिटबाट स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराए। उनले आफूलाई जेडीयूको विचारधाराको साँचो अनुयायी भन्दै मतदाताहरूलाई आफूलाई भोट दिन अपील गरेका छन्। उनले नीतीश कुमारको नेतृत्वमा आफ्नो विश्वास पनि व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo