काठमाडौं

सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो । "/>

सरकारमा सहभागिताबारे राजपामा विवाद शुरु

सरकारमा सहभागिताबारे राजपामा विवाद शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो पक्ष भने तटस्थ छ । तर सरकारमा जानुपर्ने धार नै बलियो देखिन्छ ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । सरकारमा जान तयार भए पनि वातावरण बनिनसकेको राजपाका नेताहरूले बताउने गरेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागिताबारे छलफल भए पनि कुनै प्रगति नभएको बताए ।

राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत सरकारमा जानुपर्ने पक्षमा छन् । अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् । केही समय अघि महन्थ ठाकुर पनि तटस्थ नै थिए । तर अहिले प्रधानमन्त्रीसँग छलफलमा छन् ।

राजपाले दुई मन्त्रालय दाबी गर्दै आएको छ । प्रतिनिधिसभामा १७ सिट जितेको राजपा तेस्रो ठूलो दल हो । सोही कारण आफूहरूले कम्तीमा २ वटा मन्त्रालय पाउनु पर्ने तर्क उसको छ । साथै उसले एक राज्यमन्त्री पनि खोजेको छ । संघीय समाजवादी फोरम २ मन्त्रालय सहित सरकारमा गइसकेको छ । फोरम बराबर हैसियत पाउनुपर्ने राजपाका एक नेताले बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo