काभ्रेको रोशी गाउपालीकामा पहिरो जादा वीपी राजमार्ग अवरुद्धमा भएको छ । अविरल वर्षाले खहरे खोलामा बाढी र पहिरोका कारण बीपी राजमार्ग बन्द भएको हो ।
काभ्रेको रोशी गाउपालिका–९, कालढुंगामा पहिरो खस्दा राजमार्गको आवागमन प्रभावित बनेको छ । पहिरोले दुईतर्फको सडक अबरुद्ध हुदा आज बिहानैदेखि नै आवागमन ठप्प भएको हो ।
काठमाडौंबाट पूर्व जाने गाडीहरु र पूर्वबाट काठमाडौं भित्रिने गाडीहरु सडकमै रोकिदा यात्रु अलपत्र परेका छन् । अबरुद्ध बाटो खुलाउन प्रयास भइरहेको स्थानीय इलाका प्रहरीले जनाएको छ ।































प्रतिक्रिया