नेकपा (एकिकृत समाजवादी) मा भाँडभैलो एकता देखी विभाजनको कित्तामा नेताहरु

नेकपा (एकिकृत समाजवादी) मा भाँडभैलो एकता देखी विभाजनको कित्तामा नेताहरु

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि समाजवादीमा भाँडभैलो देखिएको छ । नेपालले काठमाडौंमा तीन दिनदेखि जारी तेस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा बहुमतमार्फत् माओवादीसँग मिल्ने निर्णय गर्न लागेपछि नेताहरू त्यसको विरुद्धमा जुट्न लागेका छन् ।

पार्टीमा अध्यक्ष नेपाल लगायतका नेताहरूले सम्मानजनक बिदा हुनुपर्ने बताइरहेको अवस्थामा माओवादीसँग एकता भए विपक्षमा विद्रोह गरेर उभिने बताएको एक नेताले जानकारी दिए । हिजो बसेको केन्द्रीय कमिटीको बैठकमा ३२ जना नेताहरूले धारणा राखेका थिए। २१ जना नेताहरूले पार्टी एकीकृत गरेर अगाडि जानुपर्नेमा जोड दिएका थिए । यस्तै २८ जना नेता माओवादीसँग एकता गर्ने विपक्षमा उभिएका छन्।

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल घनेन्द्र बस्नेत, विजय पौडेल,रामकुमारी झाँक्री,जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल,अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, धर्म निरौला, महेश रेग्मी, आरती लामा लगायतका नेताहरु एकताको विपक्षमा उभिएका छन् ।
उनीहरुले नेपालले माओवादीसँग जबरजस्ती पार्टी मिलाए पार्टीको अस्थित्व र स्वतन्त्र पहिचान हराउने भन्दै विद्रोह गर्ने र इतिहासले फेरि नयाँ मोड लिने चेतावनी दिएका छन् ।

विद्रोहको तयारीमा लागेका नेताहरुले अध्यक्ष नेपाल र झलनाथ खनालले पार्टीबाट सम्मानजनक बिदा लिएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग समेत राखिरहेका छन् । केन्द्रीय कमिटीमा बहुमत अध्यक्ष नेपालसँग ७० प्रतिशत भन्दा बढी रहेको छ । तर, २८ जना विपक्षी नेताले एकता नगर्ने पक्षमा जिल्ला जिल्लामा अभियान चलाउने तयारी गरेको एक नेताले बताए ।

यसरी समाजवादीमा भाँडभैलो चल्दा एमालेमा फर्कनेहरुको लहर बढ्ने सम्भावना देखिएको विश्लेषकहरु बताउँछन् ।

Logo