काठमाडौं

जेठ ३१ गते बिहिबार देखि रसियामा सुरु हुन लागेको विश्वकप फुटबल नेपालमा हेर्दा हो हल्ला गरे कारबाही गरिने भएको छ । "/>

काठमाडौंमा विश्वकप फुटबल हेर्दा हो-हल्ला गरे कडा कारबाही गरिने

काठमाडौंमा विश्वकप फुटबल हेर्दा हो-हल्ला गरे कडा कारबाही गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

जेठ ३१ गते बिहिबार देखि रसियामा सुरु हुन लागेको विश्वकप फुटबल नेपालमा हेर्दा हो हल्ला गरे कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै सो कुरा बताएको हो ।

उक्त फूटबल हेर्दा छिमेकीलाई बाधा पुग्ने गरी हो हल्ला गर्न नपाइने, प्रबेश शुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने लगायतका कुरा सूचनामा उल्लेख छ ।

विश्वकपका नाममा हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा बलियो राख्न यस्ता नियम लागू गरिएको काठमाडौंका सहायक प्रजिअ बासुदेव घिमिरेले बताए ।

Skip This
Skip This
Logo