फीफा वल्र्ड कपको ज्वरोले विश्वलाई च्याप्दैछ । रुसमा हुने विश्वकपको काउन्ट डाउन सुरु भएसँगै यससँग सम्बन्धित रमाइला खबरहरु पनि बाहिर आएका छन् । फूटबल पारखी विश्वकप पर्खेर बसिरहेका बेला रुसले विश्वका पर्यटकलाई आकर्षित गरिरहेको छ । त्यसो त विश्वकप आयोजना गर्नु भनेको सम्बन्धित मुलुकका आर्थतन्त्रमा कायपलट हुने अवसर पनि हो । यस्तो अवसरलाई कुन आयोजक मुलुकले गुमाउन चाहन्छ र ?
जति जति विश्वकपको गर्मी चढ्दै जान्छ, त्यहाँ अनेक किसिमको सौदावाजी सुरु हुन्छ । जस्तो यसपाली रोबोट सेक्स बेश्यालय । यो बेश्यालयले खेल पारखीलाई मात्र होइन, खेलाडीलाई पनि लोभ्याइरहेको छ ।
बर्तमान विश्वमा नयाँ ट्रेन्डको रुपमा देखा परेको रोबोट सेक्स बेश्यालयले विश्वकपको मेसो पारेर आफ्नो कारोबार उकास्ने अनुमान गरिएको छ । एक अनुमान अनुसार यस बर्ष फीफा वल्र्डकप २०१८ को घम्साघम्सी हेर्नका लागि १० लाखबढी विदेशी खेलप्रेमी रुसमा पुग्नेछन् । यस्तो अवस्थामा रुसमा अनेक किसिमको धन्दा मालामाल चल्ने नै भयो । यसरी रुसको कारोबार उत्कर्षमा पुग्ने हुँदा मास्कोमा रोबोट सेक्स बेश्यालय खोलिएको छ, जुन विश्वकै पहिलो रोबोट सेक्स बेश्यालय हो ।
‘द डल्स होटेल’ नामको यो बेश्यालय हुबहु मानिस जस्तै देख्ने रोबोट हुनेछन् । हेर्दा दुरुस्तै युवती जस्तै देखिने रोबोटसँग सहबास गर्दा पनि भिन्न अनुभूति हुने बताइएको छ । यहाँबाट वास्तविक युवतीसँग सम्भोग गरेजस्तै आनन्द उठाउन सकिनेछ ।
महिला शोषणमा कमी ?
करिब २४ देखि ४० डलरसम्म खर्च गरेर कोहीपनि मास्कोको व्यस्त व्यवसायिक क्षेत्रमा खुलेको यस वैधानिक बेश्यालयमा रोबोटसँग समय बिताउन सक्नेछन् । यस बेश्यालयका संस्थापक दिमित्रिव एलेक्जेन्द्रोवका अनुसार यसरी रोबोटको बेश्यालय संचालनमा ल्याएपछि त्यसले महिलामा हुने यौनजन्य हिंसालाई निरुत्साहित गर्नेछ । उनले भनेका छन् कि, रुसमा महिलामाथि हिंस्रक व्यवहार हुन्छ । तर रोबोटको बेश्यालयले त्यस्ता समस्यालाई कमी ल्याउनेछ ।
आर्टिफिशियल ब्रेनले सुसज्जित हुनेछ सेक्सबाट
यस बेश्यालयमा रहने सेक्सबोट अर्थात सेक्स रोबोट अत्याधुनिक किसिमले बनाइएको छ । यो आफै हिँडडुल गर्न सक्छन् । यसका साथै यसमा आर्टिफिसियल ब्ेन हुन्छ, जसले मानिसको संकेत सजिलै बुझ्न सक्छ । साथै ग्राहकको इन्छा अनुसार यौन सन्तुष्टि दिनेछन् ।
खेलाडी र फ्यानलाई आकर्षित गर्न
यस रोबोट बेश्यालय संचालन गर्ने संस्थापकको आशा छ कि, यो बेश्यालयले खेलाडी र विदेशबाट आउने लाखौं खेल प्रशंसकलाई आकर्षित गर्नेछ । यसका साथै यस सेक्स रोबोटमा हाइजिनको पनि पुरा ख्याल गरिएको छ । अर्थात यसमा कुनै संक्रमण हुनेछैन ।





























प्रतिक्रिया