विश्व वरियताक्रममा जर्मनी शिर्ष स्थानमा

विश्व वरियताक्रममा जर्मनी शिर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

रसियामा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको केही दिन अगाडी फिफाले फुटबलको वरियताक्रमलाई सार्वजनिक गरेको छ । यो वरियताक्रम अनुसार जर्मनीलाई फाइदा भएको देखिन्छ । फुटबलको वरियताक्रममा शिर्ष स्थानमै रहेको जर्मनीलाई पून: शिर्ष स्थानमै रहेको घोषणा गरेपछि यो विश्वकपमा जर्मन खेलाडीहरुको मनोवल बढ्ने देखिन्छ । विश्वकप विजेताको हैसियतमा रहेको जर्मनीले सोही अनुसारको खेल पस्किन सक्ने अनुमान फुटबलका बिश्लेषकहरुले गरेका छन् ।

विश्वकप फुटबल प्रतियोगिता सर्वाधिक ५ पटक जितेको ब्राजिल वरियताक्रममा दोस्रो स्थानमा रहेको छ । नेयरमरको साथमा उत्रिने ब्राजिललाई पनि यो वरियताक्रमले धेरै नै फाइदा पुग्ने देखिएको छ । सबै प्रतिभाशाली खेलाडी रहेको बेल्जियम यो वरियताक्रममा तेस्रो स्थानमा रहेको छ ।

क्रिष्टियानो रोनाल्डोलाई अगाडी सारेको पार्चुगल चौथो र मेस्सिलाई बिशेष खेलाडीको दर्जा दिएको अर्जेन्टिना यो वरियता क्रममा पाँचौ रहेको छ । यो वरियताक्रम अनुसार विश्वकप फुटबलको आयोजक सर्वाधिक पुछारमा रहेको छ । रसियालाई फिफाले आफ्नो वरियताक्रममा ७० औं स्थान दिएको छ ।

फिफाको पछिल्लो पटक प्रकाशित गरेको वरियताक्रम

१.
जर्मनी

२.
ब्राजिल

३.
बेल्जियम

४.
पोर्चुगल

५.
अर्जेन्टिना

६.
स्विजरल्याण्ड

७.
फ्रान्स

८.
पोल्याण्ड

९.
चिली

१०.
स्पेन

११.
पेरु

१२. डेनमार्क, ईंग्ल्याण्ड

१४. उरुग्वे

१५. मेक्सिको

१६. कोलम्बिया

१७. नेदरल्याण्ड

१८. वेल्स

१९.
इटाली

२०. क्रोएशिया

२१. ट्युनिशिया

२२. आईसल्याण्ड

२३. कोष्टारिका

२४. स्विडेन

३६. अष्ट्रेलिया

३७. इरान

५७. दक्षिण कोरिया

६१.
जापान

६७. साउदी अरेबिया

७०.
रसिया

 

Skip This
Skip This
Logo