भारतको इसरोले ‘बाहुबली’ उपग्रह प्रक्षेपण गर्‍यो

भारतको इसरोले ‘बाहुबली’ उपग्रह प्रक्षेपण गर्‍यो

केन्द्रबिन्दु
12
Shares

एजन्सी,काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले देशकै अहिलेसम्मकै सबैभन्दा गह्रौं उपग्रह ‘बाहुबली’ प्रक्षेपण गरेको छ । इसरोले आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समय अनुसार बेलुकी ५ बजेर २६ मिनेटमा सञ्चार उपग्रह ‘सीएमएस–०३’ ‘बाहुबली’ प्रक्षेपण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इसरोका अनुसार यसको तौल ४ हजार ४ सय १० किलोग्राम छ । ‘सीएमएस–०३’ उपग्रह ‘एलभीएम–थ्री’ प्रक्षेपण यानको पाँचौं अभियान हो । यसअघि यो प्रक्षेपण यान ‘चन्द्रयान–३’ मिसनमा प्रयोग गरिएको थियो ।

यो उपग्रह विशेषगरी भारतीय नौसेनाका लागि लाभदायक हुने र यसले दुर्गम क्षेत्रहरूसँग सञ्चारलाई पनि सहज बनाउने खबरमा उल्लेख छ । ४३ दशमलव ५ मिटर लामो यो उपग्रहले ४ हजार किलोग्रामको जीटीओ पेलोड र ८ हजार किलोग्रामको लो अर्थ अर्बिट पेलोडलाई अन्तरिक्षसम्म लैजान सक्षम रहेकाले यसलाई ‘बाहुबली’ नाम दिइएको छ ।

Skip This
Skip This
Logo