दाङको भालुबाङ-लमही सडकखण्डमा बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् ।
ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा भन्ने स्थानमा दुर्घटना भएको हो ।
बसमा ३३ जना यात्रु सवार थिए । बस जनकपुरबाट नेपालगञ्ज गैरहेको थियो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया