धनगढी

कैलालीको अत्तरिया आसपास वनक्षेत्रको १३ सय बिघा जग्गा विभिन्न संस्थाका नाममा अतिक्रमण भएको छ । "/>

१३ सय बिघा सरकारी जग्गा अतिक्रमण !

१३ सय बिघा सरकारी जग्गा अतिक्रमण !

केन्द्रबिन्दु
0
Shares

धनगढी

कैलालीको अत्तरिया आसपास वनक्षेत्रको १३ सय बिघा जग्गा विभिन्न संस्थाका नाममा अतिक्रमण भएको छ । कञ्चनपुुर जिल्लाको सिमाना चौकीडाँडा देखि चिसापानी सम्मको ९० किलोमिटर क्षेत्रमा अतिक्रमण भएको हो । विभिन्न सामाजिक संस्थाहरूले पूर्वपश्चिम राजमार्ग छेउ अत्तरिया देखि डडेलधुुरा जोड्ने भीमदत्त राजमार्ग, चुुरे क्षेत्रमा रहेका दर्जन बढी गाउँसँग जोडिएको जंगल क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् ।

सबैभन्दा बढी गोदावरी नगरपालिका क्षेत्रमा मात्र ५ वर्षयता १३ सय बिघा भन्दा बढी सरकारी जग्गा अतिक्रमण भइसकेको छ । ५ वर्ष अघि साविक गेटा गाविसको वडा नम्बर ३ मा ३ सय बिघा आबादी जग्गा तथ्यांकमा रहेको थियो । अहिले अत्तरिया क्षेत्रमा झन्डै १३ सय बिघा जमिन आबाद गरिएको छ । दुुर्गालक्ष्मी सामुुदायिक वन र सुुरक्षा महिला सामुुदायिक वनमा विभिन्न सामाजिक संघ संस्थाले वनक्षेत्र कब्जा गर्दै आफ्ना कार्यालय भवन निर्माण गरेका छन् । दुुर्गालक्ष्मी सामुुदायिक वनमा नेपाल रेडक्रस सोसाइटी उपशाखा अत्तरियाले पहिलो तलाको ढलान हालेर कब्जा गरेको छ ।

रेडक्रस उपशाखाले पिलर सहितको भवन ठड्याएको छ । रेडक्रस उपशाखा अत्तरियाका सभापति डाक्टर नरबहादुुर मौनीले सामुुदायिक वनको सहमतिमा भवन बनाएको दाबी गरे । ‘सामुुदायिक वनसँग स्वीकृति लिएर भवन बनाएको हो’, उनले भने, ‘वन भित्र भवन बनाउन नियमले मिल्दैन, सडकबाट अतिक्रमण दर बढेपछि रोक्नका लागि भवन बनाएको हो ।’ पछिल्लो समयमा कैलाली जिल्लामा झन्डै ३० हजार ५ सय हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमण भएको तथ्यांकले जनाएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo