काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे बैठक बोलाइएको केन्द्रीय समिति बैठकले एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागिएको एकता अनुमोदन गर्नेछ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी एकताका लागि आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा (माओवादी समाजवादी) कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले पनि एकताको सहमतिमा हस्ताक्षर गरेका छन्।































प्रतिक्रिया