काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज तोकिएको छ ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उर्जामन्त्रीको जिम्मेवारी पाएका कुलमान घिसिङले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगमा पठाउने निर्णय गराएका थिए । शाक्यमाथि उर्जामन्त्री कुलमान घिसिङले प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ । किनकी शाक्य घिसिङलाई नै हटाएर प्राधिकरणमा आएका हुन् ।
यसैबीच शाक्यले सोमबार आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै अदालतमा दायर गरेको रिटको पेसी आज तोकिएको छ ।































प्रतिक्रिया