काठमाडौं

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन् । "/>

मंगलबार देखि हवाई भाडा वढ्ने

मंगलबार देखि हवाई भाडा वढ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर मंगलबारबाट लागू हुनेछ । नेपाल आयल निगमले शनिबार मध्यरातबाट हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी १ सय रुपैयाँ पुर्‍याएपछि वायुसेवा कम्पनीले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन् । यसअघि उनीहरुले गत माघ अन्तिम साता पनि भाडा बढाएका थिए ।

वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले न्यूनतम ४५ रुपैयाँ देखि अधिकतम २ सय २० रुपैयाँ सम्म वृद्धि गर्ने निर्णय गरेको छ । अब काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ३ हजार १७० रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १२ हजार ८७० रुपैयाँ तिर्नु पर्नेछ ।
नागरिकबाट

Skip This
Skip This
Logo