काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनबारे सोधपुछ गर्न सिंहदरबार लगिएको छ । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले बोलाएसँगै आज नख्खु कारागारबाट लामिछानेलाई सिंहदरबार लगिएको हो ।
भदौ २४ गते आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्केका लामिछानेसँग जाँचबुझ आयोगले बयान लिन लागेको हो । उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशी, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ।































प्रतिक्रिया