नुवाकोट

रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्न देखि बन्द भएको छ । "/>

चिलिमे जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द

चिलिमे जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्न देखि बन्द भएको छ । केन्द्र मार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिए ।

“८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा त्यस मार्फत स्थानीय क्षेत्रमा प्रवाह गरिएको लाइनमा छोएर उच्च विद्युत प्रवाह भएकाले उत्पादन बन्द गरिएको छ”– श्रेष्ठले भने, “अवरुद्ध भएको स्थानमा मर्मत गर्न नेपाल विद्युत प्राधिकरणको केन्द्रबाट प्राविधिक परिचालन गरिएको छ ।”

काठमाडौंबाट आइतबार यहाँ आएका प्राविधिकले अवरुद्ध स्थानको अवलोकन गरेपनि वर्षा भइरहेको र अँध्यारो भएकाले सोमबार (आज) देखि मात्र काम शुरु गर्ने जनाएका छन् । केन्द्रको विद्युत उत्पादन बन्द हुँदा सो मार्फत रसुवाको आधा स्थान र त्यहाँ निर्माण भइरहेको रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन जलविद्युत आयोजनामा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
रासस

Skip This
Skip This
Logo