गोरखा
धार्चे गाउँपालिका–३ उहिया स्वास्थ्य चौकीमा निःशुल्क पाइने भनिएको जीवनजल पाइँदैन । झाडापखालाको औषधि जीवनजल लिन पुगेका बिरामी रित्तै फर्कन्छन् । ‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न,’ स्वास्थ्य चौकीका अहेव शुभनारायण दासले भने, ‘सामान्य रोग लाग्दा निःशुल्क दिनु पर्ने औषधि दिन सक्दैनौं । स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन् ।’ उहिया गाउँमा बिरामीको उपचारका नाममा दैनिक कुनै न कुनै घरमा ढ्यांग्रो बजेकै हुन्छ । ‘स्थानीय बासिन्दा औषधिलाई भन्दा झाँक्रीलाई विश्वास गर्छन्,’ दासले भने ।
बुधबार दिउँसो स्वास्थ्य चौकी पुगेकी बिन्दु सुनारको अनमी पुष्पाकुमारी मण्डलले रक्तचाप परीक्षण गरिन् । रिंगटा लाग्ने, ज्वरो आउने भएपछि स्वास्थ्य चौकी पुगेकी सुनारलाई मण्डलले भनिन्, ‘तपार्इंलाई कमजोरी भएको हो, बी कम्प्लेक्स औषधि खानुपर्छ तर हामीसँग छैन ।’ त्यो सुनेर सुनार चुपचाप फर्किइन् । अनमी मण्डलले काखेबालक देखाउँदै भनिन्, ‘एक वर्षको यो मेरो छोरालाई पनि सुकेनास भएको छ ।’ सेवामा खटिएकी स्वास्थ्यकर्मीको आफ्नै बिलौना छ । सरकारले निःशुल्क भनेका अत्यावश्यक औषधि अधिकांश स्वास्थ्य चौकीमा पाइँदैन । सिटामोल र एमोक्सिसिलिन जस्ता अत्यावश्यक औषधि स्वास्थ्य चौकीमा छैन । मण्डलका अनुसार स्वास्थ्य चौकीमा छाती दुखेका, पाखाला लागेका र निमोनिया भएका बिरामी बढी आउँछन् ।
जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न । हामी सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं । स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन् ।
नागरिकबाट































प्रतिक्रिया