काठमाडौं

अंग प्रत्यारोपण केन्द्र २४ सै घन्टा ‘ब्रेनडेथ’ को केस फेला पार्ने प्रतीक्षामा छ  । "/>

ब्रेनडेथ भएकाहरुबाट यस्ता अंग प्रत्यारोपण गर्न सकिन्छ

ब्रेनडेथ भएकाहरुबाट यस्ता अंग प्रत्यारोपण गर्न सकिन्छ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अंग प्रत्यारोपण केन्द्र २४ सै घन्टा ‘ब्रेनडेथ’ को केस फेला पार्ने प्रतीक्षामा छ  । तर कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन्  । ‘ब्रेनडेथ’को कुनै घटना नभएर प्रत्यारोपणमा खबर नगरेका भने होइनन् ।

महिनामा कम्तीमा २० वटा ‘ब्रेनडेथ’का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका हुन् । समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिब निश्चित जस्तो देखिएको छ । केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ एक व्यक्तिको अंगबाट पाँचजनालाई नयाँ जीवन दिन सकिने बताउँछन्  । तर निजी चिकित्सकहरू भने केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यशैलीका कारण समन्वय नभएको आरोप लगाउँछन् ।

‘ब्रेनडेथ’ भएका व्यक्तिको शरिरबाट मिर्गौला, फोक्सो, मुटु, कलेजो, प्यान्क्रियाज, सानो आन्द्रा, आँखाका नानी तथा छाला लगायत अंग प्रत्यारोपण गर्न सकिन्छ । पहिलोपटक ‘ब्रेनडेथ’ भएकाको मिर्गौला मात्रै प्रत्यारोपण भएको डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Logo