काठमाडाैं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजको नयाँ माेडल ग्यालेक्सी एम १७ ५जी स्मार्टफाेन सार्वजनिक गरेको छ।
प्रिमियम डिजाइन, मजबुत टिकाउ र अत्याधुनिक एआइयुक्त फिचरसहितको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक अप्टिकल इमेज स्टाबिलाइजेनस अर्थात् नो सेक प्रविधि ल्याएको छ । यसमार्फत जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिनेछ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापित भन्छन्, “ग्यालेक्सी एम१७ ५जी मार्फत हामी एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्याउँदैछौँ। ‘नो शेक क्यामरा’ सहितका नवीन सुविधाहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछ। यो फोन ती युवाहरूका लागि बनाइएको हो, जो निडर, सिर्जनात्मक र सधैं गतिशील हुन्छन्।”
जबरजस्त टिकाउपन, दमदार परफर्मेन्स र मोन्स्टर एआई अनुभव
ग्यालेक्सी एआईद्वारा सञ्चालित ग्यालेक्सी एम१७ ५जीमा सर्कल टु सर्च विथ गुगल र यल टाइम एआई असिस्टजस्ता फिचरहरू समावेश छन्, जसले अन्वेषण, मल्टिटास्किङ र संवादलाई झन सहज बनाउँछ।
यो स्मार्टफोनमा ६.७ इन्च एपएचठी प्लस सुपर एमोलेड डिस्प्ले रहनुको साथै धूलो र पानीबाट समेत सुरक्षा मिल्ने प्रविधियुक्त छ । दुई भेरियन्टमा सार्वजनिक भएको ग्यालेक्सी एम १७ ५ जीमध्ये ४ जीबी/१२८ जिबी स्टोरेज भएको मूल्य २५ हजार ९९९ रहेको छ भने ६ जीबी/१२८ जीबीको मूल्य २७ हजार ९९९ रहेको छ ।
यी सबै सुविधाहरूले ग्यालेक्सी एम१७ ५जी लाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथी बनाउने कम्पनीको दावी छ।





























प्रतिक्रिया