जेनजी आन्दोलनः जाँचबुझ आयोगले आइजिपी खापुङलाई सोध्यो स्पष्टीकरण

जेनजी आन्दोलनः जाँचबुझ आयोगले आइजिपी खापुङलाई सोध्यो स्पष्टीकरण

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडलगायत घटनासम्बन्धी छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङलाई स्पष्टीकरण सोधेको छ।

घटना भएको दिन भदौ २३ र २४ गते फिल्डमा को को खटिएका थिए भनेर प्रहरीसँग पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले विवरण माग गरेपनि दिन इन्कार गरेपछि बुधबार आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

योसँगै आयोग र प्रहरीबीच पनि नोकझोक सुरु भएको आंकलन गरिएको छ । आयोगले घटनास्थलका प्रहरी कर्मचारीहरूको विवरण मागेको थियो, तर प्रहरीबाट ‘महानिरीक्षकदेखि जवानसम्म फिल्डमा थिए’ भन्ने अस्पष्ट जवाफ आयो । यसपछि आयोगले स्थानहद आदेश जारी गर्यो र २४ घण्टाभित्र विवरण माग्यो, तर बुधबारसम्म पनि उपत्यका प्रहरी कार्यालयबाट कुनै जानकारी दिएन । त्यसपछि आयोगले यो कदम चालेको हो ।

Skip This
Skip This
Logo