काठमाडौं । न्युजिल्यान्डले जारी टी२० सिरिजअन्तर्गत उत्कृष्ट ब्याटिङ गर्दै वेस्ट इन्डिजलाई जितका लागि २०८ रनको विशाल लक्ष्य दिएको छ।
न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०७ रन बनाएको हो । यस इनिङ्सको नायक बने मार्क च्यापम्यान, जसले मात्र २८ बलमा ७८ रन प्रहार गरे। उनले आफ्नो पारीमा ६ चौका र ७ छक्का प्रहार गरे । साथै टिम रोबिन्सनले ३९ रन तथा ड्यारेल मिचेलले २८ रन जोडे ।
वेस्ट इन्डिजका रोष्टन चेजले २ विकेट लिए ।
पहिलो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो ।































प्रतिक्रिया