भक्तपुर

बसले ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मध्यपुरथिमि नगरपालिका–४ राधेराधे अगाडि भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २७२२ नं.को बसले निकोसेराबाट आउँदै गरेको बा ४० प २०९४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमिका २४ वर्षीय दिपक ख्याजुको मृत्यु भएको छ । "/>

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

बसले ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधे अगाडि भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २७२२ नं.को बसले निकोसेराबाट आउँदै गरेको बा ४० प २०९४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमिका २४ वर्षीय दिपक ख्याजुको मृत्यु भएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँका अनुसार निकोसेराबाट आउँदै गरेको मोटरसाइकललाई बाटो पार गर्ने क्रममा बसले ठक्कर दिँदा घाइते भएका ख्याजुको मध्यपुर अस्पतालमा उपचार हुन नसकेपछि ललितपुरस्थित बिएण्डबी अस्पताल पु-याएपछि मृत्यु भएको हो । रासस

Skip This
Skip This
Logo