बाँकेमा बिक्री नभएपछि चार करोडको कपास गोदाममै थन्कियो

बाँकेमा बिक्री नभएपछि चार करोडको कपास गोदाममै थन्कियो

केन्द्रबिन्दु
0
Shares

बाँके।

जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास छ वर्षदेखि बिक्री नहुँदा गोदाममा थन्किएको छ । समितिले कृषकबाट खरिद गरी प्रसोधन गरेर बिक्रीका लागि तयारी अवस्थामा राखेको करिब रु चार करोड मूल्य बराबरको कपास बिक्री नभएपछि गोदाममै थन्किएको हो ।

पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरिद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए। सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको उनको भनाइ छ ।

लसुन–प्याज खेतीमा अनुदान

बाँके जिल्लामा ३९ हेक्टर क्षेत्रफलमा लसुन–प्याज खेती गर्ने लक्ष्य रहेको छ । कृषि ज्ञान केन्द्रले यस आर्थिक वर्षमा लसुन प्याजमा कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताएको छ ।

ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले लसुन र प्याज खेतीका लागि प्रतिहेक्टर एक लाख रुपैयाँका दरले रु ३९ लाख अनुदान दिइने बताए । अहिले लसुन र प्याजको अभाव भएकाले यसमा प्राथमिकता दिएको उनको भनाइ छ । यो वर्ष लसुन–प्याजको व्यवसायिक खेती गर्न १४ वटा फर्म र सहकारीले अनुदानका लागि दरखास्त दिएका छन् ।रासस

Skip This
Skip This
Logo