कोरियन भाषा परिक्षा २६ र २७ गते, तपाइको केन्द्र कहाँ पर्यो ? (हेर्नुहोस् सूची)

कोरियन भाषा परिक्षा २६ र २७ गते, तपाइको केन्द्र कहाँ पर्यो ? (हेर्नुहोस् सूची)

केन्द्रबिन्दु
0
Shares

रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाको लागि नवौं भाषा परीक्षा  यहि जेठ २६ र २७ गते हुने भएको छ । परीक्षाको लागि इपीएस कार्यालय ग्वार्कोले सूचना जारी गरी परीक्षाको केन्द्र र समय तोकेको छ  । कार्यालयले ७ हजार १ सय परीक्षार्थी उत्तीर्ण हुन सक्ने पनि जनाएको छ । परीक्षार्थी मध्येबाट उत्पादन मुलक क्षेत्रमा ४ हजार ८ सय र कृषि तथा पशुपालनमा २ हजार ३ सय कामदार छनोट हुने इपीएस कार्यालय ग्वार्कोले जनाएको छ । 

यो बर्ष ८२ हजार २ सय ६४ जनाको भाषा परिक्षा आवेदन परेको छ । परीक्षा २ सिफ्टमा हुने छ । पहिलो सिफ्ट अन्तर्गत बिहान ८ बजे अभिमुखीकरण दिएर १० बजे परीक्षा सुरु हुनेछ भने दोस्रो सिफ्टमा १२ बजे अभिमुखीकरण दिएर २ बजे परीक्षा सुरु हुनेछ । 

परीक्षा काठमाडौं, ललितपुर र पोखराका बिभिन्न २८ सेन्टरहरुमा हुने छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस

Logo