साझा पार्टीसँग एकीकरण गर्न विवेकशीललाई बाटो खुल्योदेखि जलवायु परिवर्तन कोभिडभन्दा चुनौतीपूर्ण रहेको रेडक्रसको चेतावनीसम्म (भिडियोसहित)

साझा पार्टीसँग एकीकरण गर्न विवेकशीललाई बाटो खुल्योदेखि जलवायु परिवर्तन कोभिडभन्दा चुनौतीपूर्ण रहेको रेडक्रसको चेतावनीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये साझा पार्टीसँग पार्टी एकता गर्न विवेकशील नेपाली दललाई बाटोे खुलेको छ । विवेकशील नेपाली दलका दुई तिहाइ सदस्य साझा पार्टीसँग पार्टी एकता गर्न तयार भएसँगै पार्टी एकता गर्ने बाटो खुलेको हो ।

त्यस्तै एउटा नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ । फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोना भाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको जनाइएको छ । यो खोप भण्डारण गर्न पनि निकै सजिलो भएको उल्लेख गरिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद यतिबेला झन चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाडै अस्वीकार गरेका छन् । सचिवालयको बैठक बस्ने पूर्वनिर्धारित समय नजिकिएसँगै शीर्ष नेताहरुमा भएको सम्बन्ध बिच्छेदले भोलिका लागि तय भएको बैठक बस्ने वा नबस्ने भन्नेमा अन्योलता छाएको छ ।

त्यस्तैगरी नेपालीहरूको दोस्रो ठूलो चार्ड तिहार सकिएसँगै अब, लोकआस्थाको पर्व छठको तयारी सुरु भएको छ । यमपञ्चकको पाँच दिन पूरा भएसँगै मिथिलावासी यतिखेर छठ पर्वको तयारीमा जुटेका हुन् । अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने वर्तालुले कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात भोलि बुधबार शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।

यतिबेला विश्व कोरोना भाइरसको विरुद्धमा लडिरहेका छ । तर, रेडक्रस सोसाइटीले भने विश्वले कोरोना भाइरसभन्दा जटिल रूपमा जलवायु परिवर्तनको समस्यासँग जुझ्नु परिरहेको भन्दै यसप्रति चासो र चिन्ता व्यतm गरेको छ । सोइसाइटीले कोरोनाको ठूलो असर भोग्नु परेको विषयलाई आत्मासाथ गर्दै अब, जलवायु परिवर्तनका लागि पनि लागि पर्नुपर्नेमा जोड दिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Skip This
Logo