काभ्रे
आगामी आर्थिकवर्षका लागि प्रस्तुत गरिएको बजेटबाट जिल्लामा ठुला आयोजनाहरु निर्माण हुने भएका छन् । मसिंर २१ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्वर २ बाट उम्मेदवार रहेका हालका संचार तथा सूचना प्रविधि मन्त्रीले महत्वपूर्ण आयोजनाहरु मार्फत जिल्लालाई सम्वृद्ध बनाउने घोषणा गरेका थिए ।
घोषणा अनुसार प्रस्तुत बजेटमा जिल्लाका महत्वर्पूण क्षेत्रमा आयोजनाहरुमा रकम विनियोजन गराउन मन्त्री बाँस्कोटा सफल भएका छन् । बाँस्कोटाले बहुउद्देश्यीय इन्द्रावती परियोजना सञ्चालन गर्न (परियोजना मार्फत, कृषि, सिंचाई, विद्युत्त उत्पादन र जल पर्यटनको लाभ लिन पाइने ) सुनकोशी तेश्रो नामाकरण गरी ५० करोड रकम विनियोजन गराएका छन् । ५ सय ३६ मेगावाट विजुली तत्काल निस्कने र १ हजार मेगावट सम्म निकाल्न सकिने उक्त आयोजनाबाट लाखौ जनताले लाभ लिन सक्नेछन् । ताल ९ वर्ग किमीको हुनेछ । ताल निर्माण पछि सोहि स्थानमा रहेको बस्तिलाई पाँचखालमा स्थानान्तरण गरिनेछ । सोहि आयोजनाले जिल्लाको कायापलट हुनेछ । मन्त्री बाँस्कोटाले हरेक बस्तिमा सुनकोशीबाट जलउर्जा उत्पादन र जल पर्यटन उत्पादन गर्न इन्द्रावती र सुनकोशीको पाता फर्काउने प्रतिवद्धता ब्यक्त गरेका थिए । उक्त तालमा पानी जहाज जोडिनेछ ।
मन्त्री बाँस्कोटाले जिल्लाको अर्को महत्वपूर्ण योजना बनेपाको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण गर्ने निश्चित भएको छ । एमालेको पाँचौ जिल्ला अधिबेशनमा बास्कोटा अध्यक्ष हुँदा नागिडाँडामा विमानस्थल बनाउने प्रस्ताव गरिएको थियो । १६ वर्ष अघि बोकेको सपना बाँस्कोटाले आफु मन्त्री भएपछि पुरा गराउन बजेट समेत ब्यवस्थापन गरेका छन् । दोश्रो राजधानी काभ्रेपलाञ्चोक जिल्लालाई बनाउन प्रयासरत बाँस्कोटाले काभ्रेलाई लगानी र उत्पादनको केन्द्र बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
नागढुंगा–धुलिखेलसम्म मेट्रो रेल ल्याउन बजेट विनियोजन गरिएको छ । मन्त्री बाँस्कोटा लगानी बोर्डका सदस्य समेत हुन् । उनकै पहलमा धुलिखेलसम्मको मेट्रो रेल आउन लागेको हो । मन्त्री बास्कोटा र उनको टिमले देखेको सपना अनुसारको बजेट र योजना समावेश भएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया