प्रिमियर बन्‍यो नेपालको पहिलो टेडएक्स कार्यक्रम आयोजना गर्ने विद्यालय

प्रिमियर बन्‍यो नेपालको पहिलो टेडएक्स कार्यक्रम आयोजना गर्ने विद्यालय

केन्द्रबिन्दु
195
Shares

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले नेपालकै पहिलो विद्यालय स्तरको टेडएक्स कार्यक्रम ‘टेडएक्स प्रिमियर इन्टरनेसनल स्कुल’ आयोजना गरेको छ । उक्त कार्यक्रमले “ग्रेटनेस बिगिन्स हियर” विषयवस्तुमा आधारित भई युवा विचार, सिर्जनशीलता र विश्व नागरिकताको भावनालाई एकै मञ्चमा ल्याएको छ ।

टेडएक्स प्रिमियर इन्टरनेसनल स्कुल कार्यक्रममा कुल छ विद्यार्थी वक्ता थिए, जसले स्कूलको तीनै तह— प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी), मध्य वर्ष कार्यक्रम (एमवाइपी) डिप्लेमा कार्यक्रमलाई प्रतिनिधित्व गरे। विद्यार्थी वक्ताहरू हुन्, दर्शनीका न्यौपाने (पीवाइपी ५), ज्योत्सना खड्का (एमवाइपी १), आयुष्यमान अग्रवाल (एमवाइपी३), सौर्य श्रेष्ठ (कक्षा १०), मन्त्र पोखरेल (कक्षा १) र हृदिमा अग्रवाल हरेकले साहस, सहानुभूति, आफूभित्रको आवाज र अडानका आफ्ना अनुभव बाँडे र देखाए कि साना कुराबाटै प्रेरणा र प्रभाव सुरु हुन्छ।

कार्यक्रममा ५ अतिथि वक्ताहरूले पनि आफ्ना बहुमूल्य विचार दिए। अतिथि वक्ताहरूमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, मिडिया व्यक्तित्व सुगरिका केसी, डा. सुनिता घिमिरे गौतम, सामाजिक उद्यमी विक्रान्त पाण्डे र उजाय शाक्य सामेल थिए । यी वक्ताहरूले नेतृत्व, सामाजिक सेवा, विज्ञान र सञ्चारका विषयमा उदाहरणीय विचारहरू प्रस्तुत गरेका छन् ।

कार्यक्रमको अन्त्यमा प्रिमियरकी संस्थापक निर्देशक पवित्र लिम्बूले धन्यवाद ज्ञापन गर्दै भनिन्, “टेडएक्स जस्ता प्लेटफर्महरूले विद्यार्थीहरूलाई नयाँ विचार पत्ता लगाउन, ती विचार साझा गर्न र कक्षाकोठाभन्दा बाहिरको जीवनका लागि तयार हुन मद्दत गर्छ। आजको कार्यक्रम एउटा बौद्धिक र भावनात्मक यात्रा थियो — र हामी खुशी छौं कि यसले विद्यार्थीहरूलाई अग्रगामी सोचका साथ अगाडि बढ्न प्रेरित गर्यो।”

Skip This
Skip This
Logo