काठमाडौँ
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले एक वर्षको कार्यकाल अन्यौलपूर्ण अवस्थामा नै बितेको बताएकी छिन् । निर्वाचित भई कार्यारम्भ सम्हालेको वर्षदिन पुग्न लागि सक्दा पनि राजधानी शहरको योजनावद्ध विकासका लागि प्रारम्भिक प्रयास समेत हुन नसकेको उनको आरोप छ ।
उपमेयर खड्गीले प्रेसविज्ञप्ति जारी गर्दै योजनावद्ध विकासका खाका समेत नआउँदा अन्यौलपूर्ण अवस्था सिर्जना भएको बताइन् । उनले कार्यपालिका भित्र व्यापक छलफल र सहमतिमा निर्णय गर्ने परिपाटी विकास गरी अवलम्बन र अभ्यास गर्ने परिस्थिति निर्माण गर्न नसकिएको बताएकी हुन् ।
नागरिकको गुनासो सुन्ने तथा गुनासो व्यवस्थापन गर्ने प्रभावकारी प्रणाली विकास नगर्दा जनताका समस्याले समयमै निकास पाउने वातावरण बन्न नसकेको उनको आरोप छ । उपमेयर खड्गीले अनुगमन र मुल्याङ्कनको सन्तुलित प्रणाली विकास गरी महानगरपालिका कार्यालयको काम कारवाहीमा जवाफदेहिता र जिम्मेवारी बढाउने पद्दति विकास गरी लागु गर्न नसकिएको बताइन् ।
उपमेयर खड्गीले मेयर विद्यासुन्दुर शाक्यप्रति इंगित गर्दै सामुहिक जिम्मेवारीका साथ काम गर्ने वातावरण बनाउने कुरामा नेतृत्वले उदासिनता देखाउँदै आएको आरोप लगाइन । उनले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा उपयुक्त दृष्टिकोण अवलम्बन गर्न महानगरपालिका कार्यालयलाई अभिप्रेरित गरी पुननिर्माण कार्यमा भएको अनिश्चितता हटाउन प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गरेकी छिन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया