काठमाडौं

अन्तिम चरणमा पुगेको संघीय प्रहरी ऐनको मस्यौदा निर्माण सेवा विवादका कारण अन्योलमा परेको छ । "/>

प्रहरीमा सेवा अवधि विवाद : २८ कि ३० वर्ष ?

प्रहरीमा सेवा अवधि विवाद : २८ कि ३० वर्ष ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अन्तिम चरणमा पुगेको संघीय प्रहरी ऐनको मस्यौदा निर्माण सेवा विवादका कारण अन्योलमा परेको छ । सेवा अवधि कति राख्ने भन्ने विवादका कारण मस्यौदा निर्माण पेचिलो बनेको हो । हाल ३० वर्ष सेवा अवधि रहेकोमा नयाँ ऐनमा २८ वर्ष बनाउनु पर्ने तर्क प्रहरीका केही उच्च अधिकारीले गरेका छन् । अब ३० वर्ष नै कायम राख्ने कि २८ वर्ष बनाउने भन्ने विवाद भएकाले ऐनको मस्यौदाले अन्तिम रूप लिन सकेको छैन ।

‘गृह मन्त्रालय संघीय प्रहरी ऐनको मस्यौदा निर्माणमा जुटिरहेको छ । यसले करिब–करिब आकार लिएको छ । केही विषय टुंगिन बाँकी छन् । केही विवादित विषयलाई पनि टुंग्याएर छिट्टै अन्तिम रूप दिइनेछ,’ गृहका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

कार्यावधिका सवालमा प्रहरी उच्च अधिकृतहरूको मत बाझिएको हो । आफ्नो स्वार्थ अनुकूल ३० र २८ वर्षमा लबिङ चलिरहेको छ । ‘३० वर्षे कार्यावधिको सम्बन्धमा कुरा मिलेको छैन । व्यक्ति केन्द्रित भएर कुरा उठिरहेको छ ।
नयाँ पत्रिकाबाट

Logo