काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि शुल्क पनि तोकेको छ ।
२२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको रास्वपाले ५० हजार रुपैयाँ शुल्क कायम गरेको हो । निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८(१९ पुस तोकिएको छ ।
समानुपातिकको बन्द सूचीमा परेको तर पछि दलले प्राप्त गरेको मतको आधारमा कुनै व्यक्ति छनोट हुन नसक्ने अवस्था भयो भने पार्टीलाई बुझाएको रकम फिर्ता भने नहुने रास्वपाले जनाएको छ । रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनको उम्मेदवारका आवेदकका लागि २५ हजार रुपैयाँ तय गरेको थियो । जेनजी विद्रोहसँगै प्रतिनिधिसभा विघटन भएपछि रुपन्देही–३ मा उपनिर्वाचन भने हुन सकेन ।
रास्वपाले अघिल्लो चुनावमा प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक उम्मेदवार हुन नपाउने पनि निर्णय गरेको छ ।































प्रतिक्रिया