जाजरकोट

जाजरकोटमा नुन खानीको सम्भावना देखिएको छ । जिल्लाको बारेकोट गाउँपालिका वडा नं २ रोकायगाउँस्थित खाराखोलामा नुन खानी भएको अनुमान गरिएको छ । "/>

जाजरकोटमा नुन खानी फेला

जाजरकोटमा नुन खानी फेला

केन्द्रबिन्दु
0
Shares

जाजरकोट

जाजरकोटमा नुन खानीको सम्भावना देखिएको छ । जिल्लाको बारेकोट गाउँपालिका वडा नं २ रोकायगाउँस्थित खाराखोलामा नुन खानी भएको अनुमान गरिएको छ । यो खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको हो । जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एन्ड टे«निङ सेन्टर काठमाडौंमा परीक्षण गर्दा यस्तो तथ्य फेला परेको जानकारी दिए ।

खोलाको एक लिटर पानी लिएर ल्याव टेस्ट गराउँदा पानीमा ९० प्रतिशत नुनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याव टेस्ट गर्दा राम्रो नतिजा आएको बताए । उनले भने, ‘केही दिनमै नुन खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु । म सानै हुँदा बारेकोटमा नुनखानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए ।’
अन्नपूर्णबाट

Logo