गुल्मी

गुल्मीका स्थानीयतहका ९३ वडा मध्ये ४३ वडा सचिव बिहिन भएपछि नागरिक र जनप्रतिनिधि समस्यामा परेका छन् । "/>

गुल्मीका ९३ वडा मध्ये ४३ वडा सचिव बिहिन

गुल्मीका ९३ वडा मध्ये ४३ वडा सचिव बिहिन

केन्द्रबिन्दु
0
Shares

गुल्मी

गुल्मीका स्थानीयतहका ९३ वडा मध्ये ४३ वडा सचिव बिहिन भएपछि नागरिक र जनप्रतिनिधि समस्यामा परेका छन् । दुई नगरपालिका सहित १० गाउँपालिका रहेको गुल्मीमा ४३ वडा सचिव बिहिन अवस्थामा छन् । वडाको कामकाजकै प्रमुख व्यक्ति नभएपछि कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा मुस्किल पर्दै जान थालेको जनप्रतिनिधिहरु बताउँछन् ।

जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिएको भएपनि अधिकांश स्थानीय तहमा कर्मचारी अभावको समस्या रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । ‘जिल्लामा आएका कर्मचारीलाई स्थानीय तहको अवस्थाका आधारमा व्यवस्थापन गर्ने गरेका छौँ,’ पराजुलीले भने, ‘तर जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीय तहमा समस्या देखिएको हो ।’ जिल्लाको चन्द्रकोट गाउँपालिकामा सबैभन्दा बढी कर्मचारी अभाव छ । दुई सचिवले आठ वडामा काम गर्नुपर्ने अवस्था छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo