बच्चाहरुलाई ठूलो भएर के बन्ने ? भनेर सोधियो भने धेरैले जवाफ दिन्छन्, डाक्टर, पाइलट, इन्जिनियर बन्छु भन्ने । सबैले प्रतिष्ठित पेशा नै अपनाउन खोज्छन् । तर खोजेजस्तै पाइने भए यो दुनिया कहाँ पुग्थ्यो होला ?
संसारमा मानिसहरु यस्ता जागिर पनि खान्छन्, त्यो सुन्दा तपाईलाई घिन लाग्न सक्छ । दिक्क लाग्न सक्छ । वा घतलाग्न पनि सक्छ । जागिर भन्नसाथ सामान्य अफिसियल काम कारबाही मात्र हुँदैन । संसारमा अनेकथरीका जागिर पाइन्छन् ।
धकेल्ने पेशा
जापानका मानिसहरु एकदमै मेहनती हुन्छन् । उनीहरु समयसीमाको अत्यान्तै ख्याल गर्छन् । सही समयमा काममा हाजिर हुने गर्छन् । यसैले बिहान जब मेट्रो भीड हुन्छ, तब भिडमा यात्रु कोच्नु पर्ने हुन्छ । यात्रुलाई यसरी मेट्रोमा कोच्ने काम गर्ने रोजगारदाता नै हुन्छन् । उनीहरुको काम भनेको मान्छेलाई धकेलेर गाडीमा कोच्नु हो ।
भाडामा ब्वाइफ्रेन्ड
भाडामा वाइक पाइन्छ । गाडी पाइन्छ । घर पाइन्छ । लुगा पाइन्छ । तर ब्वाइफ्रेन्ड पनि पाइन्छ । यो पनि जापानकै प्रसंग हो । टोकियोमा यदि तपाईले चाहनुभयो भने भाडामा ब्वाइफ्रेन्ड लिन सक्नुहुनेछ । यसको फाइदा के हुन्छ त्यो त जापानीहरुलाई नै थाहा होला । तर भाडामा ब्वाइफ्रेन्ड बन्ने जागिर पनि त्यहाँ पाइन्छ भन्ने चाही
अर्काको लाइनमा उभिने
मानिसहरुसँग समय हुँदैन । उनीहरु लाइनमा उभिएर आफ्नो समय खर्च गर्न सक्दैनन् । यसरी समयअभाव भएकाहरुका लागि पेशेवर लाइनमा उभिने व्यक्तिहरु पनि हुन्छन् । उनीहरुको काम भनौं वा रोजगार, अर्काको लागि लाइनमा उभिनु हो ।
सुत्ने पेशा
सुन्दा अनौठो मात्र होइन, अपत्यारिलो पनि लाग्छ । तर यो सत्य हो । पेशा सुतिरहने । यसका लागि केही गर्न परेन, सुनिरहे हुन्छ । खासगरी वैज्ञानिकहरुले आफ्नो रिचर्सका लागि यस्ता पेशेवर सुत्ने व्यक्ति प्रयोग गर्छन् ।
बिहेको पाहुना
जापानमा मानिसहरु पार्ट टाइम काम गर्छन् अर्काको बिहेको जन्ती बन्नका लागि । त्यहाँ मानिसहरुलाई भ्याई नभ्याइ हुन्छ । यस्तो अवस्थामा बिहे गर्ने व्यक्तिले जन्ती पाउँदैनन् । तर पैसा खर्च गर्ने हो भने जन्ती पाइन्छ ।































प्रतिक्रिया