काठमाडौं । बिहार विधानसभा चुनावको मतगणना आजदेखि सुरू हुँदैछ।
विधानसभाका २४३ सिटका लागि यसपालि २ चरणमा मतदान भएको थियो। ६ नोभेम्बरमा पहिलो चरण र ११ नोभेम्बरमा दोस्रो चरणको मतदान भएको थियो। सुरूवातमा हुलाकबाट मतदान भएका मतपत्र गनिनेछ। त्यसपछि विद्युतीय भोटिङ मेसिनबाट भएको मतदानको गिन्ती सुरू हुनेछ ।
मतदानमा सन् १९५१ पछिको सबैभन्दा उच्च सहभागिता रहेको आयोगले बताएको छ। आयोगका अनुसार बुधबार सम्पन्न बिधानसभा निर्वाचनमा ६७.१३ प्रतिशत मतदान भएको बिहारका ३८ जिल्लामध्ये कुनै पनि जिल्लामा विवादका कारण पुनः मतदानको अनुरोध नआएको पनि बताएको छ ।
निर्वाचन आयोगको सञ्चारमाध्यमका लागि दिइएको आधिकारिक जानकारी अनुसार नोभेम्बर ६ र ११ मा भएको दुई चरणको निर्वाचनमा दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दलले भाग लिएका थिए । बिहार विधानसभा चुनाव २०२५ मा पुनः मतदानका लागि कुनै पनि आवेदन नपरेको आयोगले जनाएको छ।
यस पटकको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडिए गठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ । त्यस्तै, जन सुराज पार्टी पनि पहिलोपटक चुनावी मैदानमा ओर्लिएको छ ।
सरकार बनाउन कुनै दल वा गठबन्धनले १२२ सिट जित्नुपर्नेछ।





























प्रतिक्रिया