काठमाडौं । दुई दशकदेखि नेपाली संगीतमा निरन्तर साधना गर्दै आएका संगीतकार हुन् दीपक शर्मा । म्याग्दीबाट गायक बन्ने सपना बोकेर काठमाडौं पसेका शर्मा अहिले देशका स्थापित संगीतकारका रूपमा परिचित छन् । उनले अहिलेसम्म करिब ११–१२ सय गीतमा संगीत दिएकाछन्, जसमादुई–तीन सय गीतका शब्दपनि उनी आफैंले लेखेका छन् । हामीसंगको कुराकानीमा उनले भने, ‘अहिले म पूर्ण रूपमा संगीत सिर्जनामा नै व्यस्त छु । गीत पनि लेखेको छु तर म आफूलाई गीतकार होइन, विशुद्ध संगीतकार भन्न रुचाउँछु ।’
म्याग्दीमा जन्मेका शर्माको बाल्यकालमा मनोरञ्जनको एक मात्रमाध्यम रेडियो नेपाल थियो। त्यही रेडियो सुन्दै हुर्किएका उनले आफूभित्र संगीतप्रतिको चाहना र प्रतिभा जागेको बताउँछन् । परिवारमा कसैको पनि औपचारिक संलग्नता संगीतमा नभएपनि, भाग्य र मेहनतले उनलाई यस क्षेत्रमा डोहोर्यायो ।
‘प्रारम्भ पनि हो, तर त्यसमा साधना र मेहेनतको भूमिका ठूलो हुन्छ,’उनी भन्छन्, ‘म्याग्दीको गाउँबाट काठमाडौं आउँदा संगीत सिक्ने वातावरण नै थिएन । तर मनमा अठोट थियो संगीतकै क्षेत्रमा केही गर्नुपर्छ ।’काठमाडौं पुगेपछि शर्माले संघर्षको लामायात्रा सुरु गरे । बसोबासको अभाव र जीविकोपार्जनका कठिनाइबीच उनले होटलका साना काम देखि सडकमा व्यापार समेत गरे । तर संगीतप्रतिको लगाव उनले कहिल्यै छाडेनन् ।‘संगीतपढ्न, सिक्न, र साधनामा निरन्तर लागिरहेँ,’उनले सुनाए।
स्कुलका थुप्रै कार्यक्रममा दीपकले गीत गाएर पुरस्कार जिते । उनले आफ्नो सपना नै गायन बनाए । उनले एसएलसी पछि गायन सिक्नकै लागि गाउँ छाड्ने निधो गरे । तर, गाउ ँछाड्न त्यति सहज थिएन।झण्डै २५ वर्षअगाडि त्यो बेला मनोरञ्जनको एक मात्र साधन थियो रेडियो नेपाल । रेडियोमा बज्ने गीतहरू लेउनलाई तान्थे कसरी बनाउँछन् यस्तो गीत?भन्ने जिज्ञासाले दीपकको मनभित्र संगीतको बीउ रोपियो ।दीपक गायक बन्ने सपना बोकेर काठमाडौं पसेका थिए। घरमा कोही पनि गीत संगीतसँग सम्बन्धित थिएनन्, अझ गाउँको सोच यस्तो थियो ‘गीत गाएर त परिवार पाल्न सकिँदैन नि।’ त्यसैले उनले संगीतको बाटो रोज्दा समाज र परिवार दुबैसँग संघर्ष गर्नुपर्यो ।
संगीत सिक्दै जाँदा उनले बुझ्दै गए,गीतको लय हाल्ने मान्छे नै ‘संगीतकार’हो ।यहीबुझेपछिउनले आफ्ना सपनाहरूलाई स्वर दिनथाले। साथीहरूको सहयोगमा उनले पहिलो गीत ‘ढल्के पीपल’ तयार गरे शब्द र संगीत दुबै आफ्नै । लगानी साथीहरूले गरे, रेकर्डिङ भयो, र यहीगीतले उनलाई संगीतको संसारमा प्रवेश गरायो ।
हामीसंगको कुराकानीमा उनी भन्छन्, ‘आजभन्दा २० वर्ष पछाडिका हामीले परिघटना हेर्यौं भने २५ वर्ष अगाडि म जब बाल्यकाल हुँदाखेरिको कुरामा त्यतिबेला स्कुल पढिरहेको म । अब संगीतमा आउन सक्ने वातावरण केले बनायो भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ। गाउने भन्दापनि धेरै स्कुलतिर सांस्कृतिक कार्यक्रमहुन्थ्यो । सांस्कृतिक कार्यक्रममा गीत बनाउने, लेख्ने काम हुन्थ्यो । म आफू आबद्धभएको क्लबबाहेकअरु क्लबले नि मलाई गीत लेख्न लगाउनुहुन्थ्यो ।अहिले आएर बुझ्दा, त्यो गीतमा मेलोडी हाल्ने, लय हाल्ने भनेको संगीतकारले गर्दा रहेछन्। त्यसलाई संगीतकार भनिँदो रहेछ।’
काठमाडौं आइपुग्दा उनको हातमा एउटा पूरानो झोलाथियो, मनमाठूला सपना। न पैसा, न घर, न आफन्त। पढ्न र बाँच्नको लागि उनले होटलमा काम गरे, सडकमा व्यापार गरे । बिहान काम, बेलुका संगीत सिक्ने दैनिकी चलिरहयो । काठमाडौंमै बाँच्ने र सिक्ने तालमेलमा उनले आफ्नो जीवनको पहिलो अध्याय लेखे ।
दीपकभन्छन्, ‘रेडियो नेपाल नै मेरो प्रेरणा थियो । घर–परिवारमा कोही कलाकार थिएनन्, तर त्यही रेडियोले संगीतको भूत सवार गरिदियो ।’एसएलसी सकेर काठमाडौं आउँदाको अवस्था सम्झँदा उनी भावुक बन्छन् ,‘कसरी संगीतसिक्ने भन्ने पनि थाहा थिएन । घर थिएन, आफन्त थिएनन्। होटलमा काम गरेँ, सडकमा जुत्ता–चप्पल बेचेँ ।
तर संगीतलाई कहिल्यै छाडिन। बाँच्नका लागि काम गरेँ, बाँच्ने अर्थका लागि संगीत गरेँ ।’काठमाडौं बसाइका सुरुवाती दिन सम्झदै दीपक भन्छन्, ‘निकै गाह्रो थियो। गाउँबाट आएको एउटा केटोलाई सहज थिएन् । काठमाडौ जस्तो सहरमा देशका विभिन्न ठाउँबाट आफ्नो लक्ष्य बोकेर आएका मजस्ता कति धेरै मानिससँग मुकाबिला गर्नुपथ्र्यो । संगीतमा झन धेरै संघर्ष थियो । तर गर्दै जाँदा समयले धेरै कुरा सिकाउँदो रहेछ।’
यही समयले उनलाई आफू भित्रको क्षमता चिनायो, गायन मोह छाडेर संगीतकारका रुपमा स्थापित गरायो । संगीत जीवनका सुरुवाती दिनमा उनले थुप्रै गीतकारको दैलो धाए। तर उनलाई नयाँभनेर कसैले विश्वास गर्दैनथे ।त्यस पछि उनले गीत पनि आफैँ लेख्न थाले ।
भन्छन्, ‘संगीतले मलाई नयाँजीवन दियो । नयाँ पहिचान दियो ।अन्य पेसामा लागेको भए यति खुसी नहुन पनि सक्थेँ । अहिले म आफ्नो पहिचानमा खुसी छु । संगीत क्षेत्रमा चुनौती नभएको हैन, तर धैर्य गर्न सक्ने र मेहनत गर्यो भने सफलता प्राप्त गर्न सकिन्छ।’ तर दीपकले संगीतमा पाइला राख्दा खेरि समय बदलिँदै थियो । क्यासेटको जमाना समाप्त हुँदै, डिजिटल युग प्रवेश गर्दै थियो । गीत सुन्नका लागि अब मान्छेले सीडी होइन, मोबाइलमा सेयर–बीटी र पीआर–बीटी डाउनलोड गर्न थालेका थिए। दीपकले पनि यो परिवर्तन बुझेर त्यही बजारका लागि गीत बनाउन थाले ।
त्यो समय अन्जु पन्तको स्वरमा आएको ‘मलाई आफ्नो बनाएर दुःखीबन्छौँ भने’ नामको गीतले दीपकलाई चर्चाको शिखरमा पु¥यायो। त्यसपछि स्वरूपराज आचार्यको ‘जिन्दगीकै सवालहुन्छ, चोखो मायाभित्र ’ र प्रमोद खरेलको स्वरमा रहेको ‘छुट्टिएर तिमी सँगबाँच्न सक्ने भए’ जस्ता गीतहरूले उनलाई नेपाली संगीतको सशक्त नाम बनाए।
उनी भन्छन्, ‘चोक, चोकमा त्यतिबेला ६७–६८–७० सालतिर हामीले हे¥यौँ भने कतियाद गर्ने मान्छेलाई, चोक चोकमा गीतहाल्ने पसल थिए। क्यासेट पसल परिमार्जित भएर गीतहाल्ने पसल थिए। मेमोरीमा, पेनड्राइभमा गीतहाल्ने थियो। त्यो बेलामा ठ्याक्कै म बजारमा अब म कामगर्छु,अलिकति केही समय म म्युजिकलाई अध्ययन गर्छु, काम गर्नुपर्छ भन्ने हिसाबले सियरबिटि पियरीबिटिको लागि अलिबढी महत्व दिएर तयार पारेको गीत अन्जु पन्त दिदीले गाउनुभएको, ‘मलाई आफ्नो बनाएर दुखीबन्छौँ भने’ भन्ने गीतले मलाई चिनाउने मौका दियो ।’
तर त्यो उचाइसम्म पुग्नुअघि उनले असफलताको धेरै चरणहरू पार गरेका थिए। पहिलो चलचित्र ‘तेजप’मा संगीत गरे, तर गीतहरू ‘सुपर फ्लप’भए। दीपक हाँसेर सम्झिन्छन्, ‘त्यो बेला यदि हिट भएको भए म घमण्डी बन्थेँ होला, साधना गर्न भुल्थे होला ।’त्यस असफलताले नै उनलाई अझ गहिरो साधना तिर फर्कायो ।
साधनाको ती वर्षहरूपछि उनले पुनःचलचित्र संगीतमा फर्किँदै ‘सम्झिराख है’ फिल्मका लागि संगीत गरे र पहिलो पटकडी–सिने अवार्ड जिते । त्यो पुरस्कार केवल उनको लागि सम्मान होइन, संघर्षको कदर थियो । आज, दुई दशक भन्दाबढी समय बिताइसकेका दीपक शर्मा आफूलाई गर्वका साथ भन्छन्, ‘म विशुद्ध संगीतकार हुँ ।’ उनले १२०० भन्दाबढी गीतमा संगीत दिएकाछन्, करिब ३०० गीत आफ्नै शब्दमा लेखेका छन् । लोकगीत देखि आधुनिक, गजलदेखि चलचित्रसम्म, उनले संगीतका सबै रूपहरूमा हात हालेका छन् ।
तर सफलता सजिलो थिएन । दीपक आज पनि संघर्षको कथा भुलेका छैनन् ।‘संघर्ष नै जिन्दगी हो,’उनी भन्छन्, ‘म अझै पनि साधनामै छु । संगीत मेरो धर्म हो, मेरो श्वास हो ।’ म्याग्दीको गाउँबाट काठमाडौंको भीडमा आइपुगेका दीपक अहिले नेपाली संगीतको बलियो स्तम्भ बनेका छन् । तर उनलाई घमण्ड छैन, अहंम छैन, केवल कृतज्ञता छ, साधनाको शान्ति छ ।
उनले संगीत गरेका थुप्रै गीतले करोड क्लबमा अड्डा जमाएका छन् । दीपकले संगीत गरेका फिल्मका गीतहरु करोड मात्र होइन अर्बमा क्लबमा प्रवेश गरेका छन् । बालगीत ‘आफूसित आफैं दंग’ ले युट्युब सट्र्समा अभूतपूर्व सफलता हासिल गरेपछि उनको चर्चा थप चुलिएको छ । रामबाबु सुवेदीको युट्युब च्यानल मार्फत ८ महिनाअघि सार्वजनिक गरिएको छोटो भिडियो अहिलेसम्म एक अर्ब दुई करोड भन्दाबढी पटक हेरिएको छ।
म्याग्दीको गाउँबाट काठमाडौंको सडक हुँदै नेपाली संगीतको मंचमा उभिएका दीपक शर्माको कथा केवल एक कलाकारको यात्राहोइन, यो साधना, संघर्ष र सुरको कथा हो ।































प्रतिक्रिया