काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कडा आलोचना गरेका छन् । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममा भाग लिँदै सांसद भट्टराईले कांग्रेसलाई आफ्नै इतिहासको गह्रौँ भारीले थिचेको भन्दै कटाक्ष पनि गरेका छन् ।
‘प्रतिपक्षको रचनात्मक भूमिका संसदीय लोकतन्त्रको गहना हो । ‘आफ्नै मनको बाघ’ ले लखेटिरहेको वर्तमान प्रतिपक्ष आफैं भय, त्रास, अन्योल, अनिश्चय र द्विविधाको सिकार बनिरहेको छ’, भट्टराईले भनेका छन्, ‘ऊ आफ्नै इतिहासको गहुङ्गो भारीले असाध्यै नराम्ररी थिचिएको छ ।’
छलफलमा भाग लिँदै भट्टराईले सपना ज्यूँदो मान्छेले नै देख्ने बताउँदै ज्यूँदा मान्छेहरुको ज्यूँदो सरकार भएकाले धेरै सपना देख्नु स्वभाविक भएको पनि स्पष्टिकरण दिए । ‘सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख भावी समृद्ध देशको मार्ग चित्र हो ।
प्रतिपक्षका माननीयज्यूहरुको अभिव्यक्ति बासी प्रश्नहरुको पुलिन्दा जस्तै छन् र समयले ताजा प्रश्नहरु जन्माएको छ र ताजा उत्तर खोजिरहेको छ’, कांग्रेसतर्फ इङ्गित गर्दै सांसद भट्टराईले भने, ‘बासी र पुराना प्रश्नतिर अल्मल्याएर सत्तापक्षलाई अल्छी नबनाउन म प्रतिपक्षका मित्रहरुलाई अनुरोध गर्दछु ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया