अबदेखी हङकङ हुँदै यात्रा गर्दा नेपालीले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

अबदेखी हङकङ हुँदै यात्रा गर्दा नेपालीले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। अबदेखी हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने भएको छ । हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको हो ।

यो नियम १५ नोभेम्बरबाट लागू हुने गरी जारी भएको नेपाली महावाणिज्य दूतावास हङकङले जनाएको छ । निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ । नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो ।

हङकङ विमानस्थल संसारकै व्यस्तमध्ये एक विमानस्थल हो । ट्रान्जिट भिसा अनिवार्य गरिएका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए । यस्तो बाध्यता हटेसँगै यो विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ । हङकङ सरकरको यो कदमले दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास लिइएको छ ।

Logo