ग्रेस इन्टरनेशनल एजुकेसन २०औं वर्षमा प्रवेश

ग्रेस इन्टरनेशनल एजुकेसन २०औं वर्षमा प्रवेश

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन २०औं वर्षमा प्रवेश गरेको छ ।

काठमाडाैंमा आयाेजित १९औं वार्षिकोत्सव समारोहमा ग्रेस इन्टरनेशनलका ब्रान्ड एम्बेसडर तथा नेपाली क्रिकेटका चर्चित अलराउण्डर खेलाडी दिपेन्द्रसिंह ऐरी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईलगायत विद्यार्थीहरू र अभिभावकहरूको समेत विशेष उपस्थिति रहेको थियो।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेस इन्टरनेशनलले काठमाडौंको पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा पनि शाखा संचालन गरिरेको छ । १२ भन्दा बढी देशमा शाखा स्थापना गरी ग्रेस इन्टरनेशनलले सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्रेस इन्टरनेशनलले विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ ।

वैदेशिक उच्च शिक्षाका लागि विद्यार्थीलाई सहज ढंगले प्रभावकारी सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श संस्थामध्ये आफूलाई अब्बल सावित गर्न सफल भएको ग्रेस इन्टरनेशनलका ग्रेस इन्टरनेशनलका सह-संस्थापक एवं निर्देशक लक्ष्मण पौडेल एन्ड्रयुले बताए ।

साे अवसरमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले ग्रेस इन्टरनेशनल एजुकेसन व्यवसायिक क्षेत्रमा एक उदाहरणिय नाम बन्न सफल भएकोमा बधाइ दिँदै आगामी दिनमा अझ धेरै सशक्त ढंगले अघि बढ्न आग्रह गरे ।

Logo