काठमाडौं । कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना “कजारियासँगै गृह प्रवेश, घुमौँ देश विदेश !” को सफल समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा एक फेसबुक लाइभमार्फत गरेको छ ।
गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रव्यापी उपभोक्ता योजनाअन्तर्गत, कजारिया टायल्सका ग्राहकहरूले रोमाञ्चक पुरस्कार जित्ने अवसर पाएका थिए । एक हजार वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए । जसमा जम्मा ४८ विजेताहरूलाई बोटको स्मार्टवाच प्रदान गरिएको थियो ।
यस योजनाको सबैभन्दा आकर्षक पक्ष भने बम्पर पुरस्कार थियो, एक जोडीका लागि पूर्ण ‘स्पोन्सर्ड’ सिङ्गापुर क्रुज यात्रा समेत थियो ।
कार्यक्रमका क्रममा कजारिया रमेश टायल्स लि.का निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै भने, “कजारिया टायल्सप्रति तपाईंहरूले देखाउनुभएको माया र विश्वासका लागि हामी सबै अत्यन्तै आभारी छौँ । यही विश्वासले हामीलाई अझ उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइन प्रस्तुत गर्न प्रेरित गर्छ । हामी हाम्रो सम्मानित ग्राहकहरूसँग यो खुसीको क्षण बाँड्न पाउँदा अत्यन्त खुसी छौँ ।”































प्रतिक्रिया