द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीद्वारा ‘एड्मिसन डे २०२५’ सफलतापूर्वक सम्पन्न

द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीद्वारा ‘एड्मिसन डे २०२५’ सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेशी विश्वविद्यालयहरूमा भर्ना हुने सपना बोकेका नेपाली विद्यार्थीहरूका लागि द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले आयाेजना गरेकाे ‘एड्मिसन डे २०२५’ सफलतापूर्वक सम्पन्न भएकाे छ ।

नयाँ बानेश्वरस्थित द नेक्स्ट सेन्टरमा शनिबार विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको यो कार्यक्रममा विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्याण्ड, नेदरल्याण्ड र युएईजस्ता देशका दर्जनौं विश्वविद्यालयहरूको बारेमा विस्तृत जानकारी प्राप्त गरेका थिए । यति मात्र होइन, विभिन्न विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र छलफल गर्ने अवसरले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।

कार्यक्रममा सहभागीहरूले अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्याण्ड, नेदरल्याण्ड र युएईजस्ता देशका दर्जनौं विश्वविद्यालयहरूको बारेमा विस्तृत जानकारी प्राप्त गरेका थिए । यति मात्र होइन, विभिन्न विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र छलफल गर्ने अवसरले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।

द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीका हेड अफ इन्टरनेसनल रिलेसन अफिसर धनिराम खनालले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई सहज, सरल र विश्वसनीय तरिकाले गन्तव्यसम्म पुर्याउने आफूहरुकाे मुख्य उद्देश्य रहेकाे बताए ।

‘एड्मिसन डे’ लाई थप आकर्षक बनाउन द नेक्स्टले सहभागी प्रत्येक विद्यार्थीहरुलाई १ हजार ५ सय रुपैयाँभन्दा बढी मूल्यका आइएलटिएस र पिटिइ प्राक्टिस बुकहरू पनि प्रदान गरेकाे थियो यसबाहेक, निःशुल्क स्पेशल प्रिभिलेज कार्ड र विभिन्न आकर्षक उपहारहरूले कार्यक्रमलाई उत्सवमय बनाएको थियो । द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले आयोजना गरेको यो कार्यक्रमले सयौं विद्यार्थी र अभिभावकहरूलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको बारेमा प्रत्यक्ष जानकारी प्रदान गर्दै उनीहरूको यात्रालाई सहज बनाएको थियो ।

द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी नेपालको शैक्षिक परामर्श क्षेत्रमा एक प्रमुख नाम हो । विगत दुई दशकदेखि निरन्तर सेवा प्रदान गर्दै आएको यो संस्थाले हजारौं विद्यार्थीहरूलाई सफलतापूर्वक विदेशी विश्वविद्यालयहरूमा पुर्याएको छ । यसको सफलताको रहस्य भनेको उत्कृष्ट सेवा, पूर्ण पारदर्शिता र अनुभवी टिम हो, जसले विद्यार्थीहरूको पहिलो रोजाइ बनाएको छ । नेपालका सबैजसो जिल्लाहरूमा सञ्जाल विस्तार गरेको द नेक्स्टले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो उपस्थिति मजबुत बनाउँदै छ ।

Skip This
Skip This
Logo