काठमाडौं

सरकारले ११ वटा विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालय खारेज गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यका बाहिरका पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, काठमाडौं, लुम्बिनी, कृषि तथा वन लगायतका विश्वविद्यालयको सम्पर्क कार्यालय खारेजीको निर्णय गरेको हो । "/>

सरकारद्वारा ११ विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

सरकारद्वारा ११ विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले ११ वटा विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालय खारेज गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यका बाहिरका पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, काठमाडौं, लुम्बिनी, कृषि तथा वन लगायतका विश्वविद्यालयको सम्पर्क कार्यालय खारेजीको निर्णय गरेको हो ।

ती विश्वविद्यालयले काठमाडौंमा सम्पर्क कार्यालय खोली हाजिर मात्र गरेर कर्मचारी काजमा बस्दै आएका थिए । शिक्षा मन्त्रालयले आर्थिक व्ययभार कम गर्न र कर्मचारी व्यवस्थापनका लागि सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकालका अनुसार सम्पर्क कार्यालयहरूको खासै भूमिका र प्रभाव नरहेकाले हटाउने निर्णय गरिएको हो ।

मन्त्री पोखरेलको संयोजकत्वमा बिहीबार मन्त्रालयमा बसेको बैठकले उपत्यकाबाहिरका विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंबाट तत्काल हटाउन पनि निर्देशन दिएको छ । मन्त्री पोखरेलले ऐनमा सम्पर्क कार्यालयबारे कुनै व्यवस्था नभएको भन्दै आर्थिक मितव्ययिता कायम गर्न निर्णय गरेको बताए ।

केन्द्रमा दुई मात्रै निकायशिक्षा मन्त्रालय अन्तर्गत केन्द्रीय तहमा अब दुईवटा मात्र निकाय रहने भएका छन् । सरकारले साबिकका शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रलाई मिलाएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्र राख्ने निर्णय गरेको हो ।
राजधानीबाट

Logo