काठमाडौँ
संघीय संसदमा नीति तथा कार्यक्रम पारित गर्ने विषय र दैनिक कार्यसुची तयार गर्ने विषय नयाँ रुपमा आएको छ । संघीय संसदका दुबै सभाका नियमावली मस्यौदामा लामो समय सम्मको व्यवस्थालाई परिवर्तन गरिएको छ । २०४८ साल देखि अहिले सम्मको संसदमा अभ्यास भएको नीति तथा कार्यक्रम पारित गर्ने विषय र दैनिक कार्यसूची तयार गर्ने परिवर्तन गरिएको छ ।
यसअघि धन्यवाद प्रस्ताव मार्फत सरकारको नीति कार्यक्रम पारित हुने गर्दथ्यो तर यस पटक देखि धन्यवाद प्रस्ताव र नीति तथा कार्यक्रम छुट्टा, छुट्टै बैठकबाट पारित हुने भएको छ । सोमबार राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बसेको संसद्को अर्को बैठकबाटै राष्ट्रपति माथि धन्यवाद प्रस्ताव पारित गरिएको छ ।
धन्यवाद प्रस्ताव पारित भए पनि नीति तथा कार्यक्रम पारित गर्न बाँकी नै छ । जेठ ९, १० र ११ गते नीति तथा कार्यक्रम माथि छलफल राखिएको छ । ८ गते नीति तथा कार्यक्रम माथि संशोधन राख्न समय दिइएको छ । नीति तथा कार्यक्रम माथिको यो नयाँ व्यवस्था हो संघीय संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले भने ।
नागरिकबाट































प्रतिक्रिया