काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ ।
नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्
त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
तर सवारीसाधनमा गएका दर्शकलाई सहज होस् भनी पाँच वटा स्थानमा पार्किङ तोकिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले नएनपीएल दोस्रो सिजनका विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ।
भिआइपी तथा भिभिआइपीको लागि त्रिविको मुख्य मेनगेट भित्र पार्किङको व्यवस्था गरिएको छ।
यस्तै, तीनकुने नजिकैको ग्राउन्डमा पार्किङ ए राखिएको छ भने घडी आइल्यान्ड नजिकको ग्राउन्डमा पार्किङ बी तोकिएको छ। घडी आइल्यान्डदेखि त्रिवि मेन गेटसम्म पार्किङ सी र सुन्दरीघाट तथा सानेपा खोला करिडोरसम्म पार्किङ डी तोकिएको छ।





























प्रतिक्रिया