शेख हसिनालाई मृत्युदण्डको सजाय

शेख हसिनालाई मृत्युदण्डको सजाय

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

विशेष न्यायाधिकरणले महिनौं लामो सुनुवाइपछि मानवताविरुद्धको अपराधको आरोपमा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको हो । उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गरिएको थियो। सो क्रममा सयौं विद्यार्थीको हत्या भएको थियो ।

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।

संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी रिपोर्टअनुसार घटनामा एक हजार ४०० जनासम्मको मृत्यु भएको उल्लेख छ भने अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ । गत हप्ताको बन्दपछि देशभर कच्चा बम विस्फोट र आगजनीका घटनामा वृद्धि भएपछि न्यायाधिकरणले सोमबारका लागि फैसला तय गरेको थियो । राजधानीमा कक्षाहरू, सार्वजनिक यातायात तथा औपचारिक गतिविधिहरूमा व्यापक अवरोध परेको थियो ।

Logo