काठमाडौँ । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजदेखि लागु हुने गरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गरेका हुन ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेललाई नियुक्ति गरिएको हो ।
उनको सपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ ।





























प्रतिक्रिया