काठमाडौं । लोकेश बम र मार्टिन गुप्टिलको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२० रन जोडेको हो । यो रन एनपीएलको इतिहासमै उच्च हो । पहिलो सिजन मिश्रित प्रदर्शन गरेको विराटनगरले लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएर प्रतियोगिताकै सर्वाधिक रन बनाउने टोली बनेको थियो ।
विराटनगरको विशाल योगफल तयार पार्न ओपनर लोकेश बम र मार्टिन गुप्टिलको विस्फोटक साझेदारी निर्णायक रह्यो। लोकेश बमले ४८ बलको सामना गर्दै १ चौका र ७ छक्का को मद्दतले ७२ रन बनाए। उनको स्ट्राइक रेट १५०.०० रह्यो।
न्यूजिल्यान्डका भेट्रान खेलाडी मार्टिन गुप्टि ले लोकेशलाई राम्रो साथ दिँदै मात्र ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन को आक्रामक इनिङ्ग्स खेले।





























प्रतिक्रिया