राजधानीको फोहोर, धुलो धुवाका विषयमा हामी साथीहरु भेला हुँदा गफगाफ गर्ने खुराक बनेका छन् ।
फेसबुकमा राखिने स्टाटस हुन् या साथीहरुसँगका वार्तालाप हामीले राजधानीमा धुलो धुँवा फोहोरकै कुरा गरिरहेका हुन्छौँ । तर हामीमा कहिलै पनि त्यस्तो सोच आएन् जसले विभिन्न सार्वजनिक स्थानमा हुने फोहोर टिप्नुपर्छ । कसैलाई फोहोर गरेको देख्यो भने सम्झाउनुपर्छ जस्ता कुराहरु ।
तर हेल्पिङ ह्याण्डस बाल गृहका केही नवयुवाहरु मिलेर अहिले क्लिन सुन्धारा कार्यक्रम अन्तर्गत रत्नपार्कबाट सुन्धाराको सरसफाईमा जुटेका छन् ।
हेल्पिङ ह्याण्डस बाल गृहका अध्यक्ष तथा अभियन्ता गुरु प्रसाद जैसीकाअनुसार शुक्रबार राती १२ बजेसम्म रत्नपार्कबाट सुन्धारासम्मको सरसफाई गरिएको छ ।
हेल्पिङ ह्याण्डस बाल गृहले अनाथ तथा असहाय बालबालिकाहरुको क्षेत्रमा पनि काम गरिरहेको उनले बताए । उनले भने अहिले हामीले ३४ जना बालबालिकालाई पढाईरहेका छौँ र क्लिन सुन्धारा अन्तरगत शुक्रबार यो सरसफाई पनि गरियो ।
विस्तृतमा हेर्नुहोस् नवयुवाहरुको जोस































प्रतिक्रिया