नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीचको एकता विश्वकै असाधरण घटना भएको बताएका छन् । नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको दावी गरेका हुन् ।
अध्यक्ष प्रचण्डले समाजवादको नयाँ यात्रा सुरु गर्नका लागि दुई पार्टीका बीचको एकताले मार्ग प्रशस्त गरेको बताए । उनले निर्वाचनमा जनतासँग गरेको बाँचा पुरा गरेको भन्दै जनताका आकांक्षा पूरा गर्न एकजुट भएर लागिपर्ने बताएका छन् ।































प्रतिक्रिया