बिर्तामोड
बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्या आरोपमा पक्राउ परेका ६ जना शुक्रबार जेल चलान भएका छन् । जिल्ला अदालत झापाले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जेल चलान हुनेहरूमा बिर्तामोड–५ घर भई राधे रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारस कुमार देव, बिर्तामोड–३ घर भई पारस कुमारकै पसलमा म्यानेजरका रूपमा काम गर्दै आएका प्रकाश भन्ने चिरञ्जीवी ओली, सोही स्थानका दीपेश पौडेल, बिर्तामोड–३ का राजेशराज भन्ने राहुल साह र बिर्तामोड–५ का सुजन चौधरी छन् ।
सोही मुद्दामा संलग्न रहेका पिसिजी ज्वेलर्सका सञ्चालक प्रमोद विश्वकर्मालाई अदालतले १८ लाख ५० हजार २ सय ३० रुपैयाँ धरौटी माग गरेको थियो । सो धरौटी रकम राख्न नसकेका कारण उनी पनि जेल चलान भएको प्रहरीले जनाएको छ । हत्यापछि साजनबाट लुटिएको सुन प्रमोदले नै खरिद गरेको प्रहरीको दाबी छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया