थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी

थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी

केन्द्रबिन्दु
6
Shares

नोन्थाबुरी (थाइल्यान्ड) । थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज पहिरिएकी छन् । अन्तिम चरण अघि नै आयोजकसँगको विवाद, नाटकीय गल्तीहरू र मञ्चिय घटनाक्रमहरूले वातावरण तनावपूर्ण बनेको अवस्थामा उनी विजयी भएकी हुन् ।

आइभोरी कोस्ट, फिलिपिन्स, थाइल्यान्ड र भेनेजुएलाका सुन्दरीहरू सहित १२० भन्दा बढी प्रतिस्पर्धीमध्येबाट छनोट भएकामध्ये बोश अन्तिम चरणसम्म पुगेका थिए ।

यस महिना एक बैठकका क्रममा मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवाट इतसाराग्रिसिलले सामाजिक सञ्जालमा प्रचार सामग्री पर्याप्त रूपमा पोस्ट नगरेको भन्दै मिस मेक्सिकोमाथि तीव्र आलोचना गरेका थिए । विवाद चर्किएपछि लाइभ स्ट्रिम भइरहेका बेला नै बोश कसैसँग केही नबोली नाटकीय रूपमा बैठकबाट बाहिरिएकी थिइन् । सुरक्षाकर्मीलाई बोलाइएको समयमा मिस इराक उनलाई घेर्न पुगेर वातावरण झनै तनावपूर्ण देखिएको थियो ।

अन्य केही प्रतिस्पर्धीले पनि बोशलाई समर्थन जनाउँदै आयोजकको व्यवहार सम्मानजनक नभएको टिप्पणी गरेका थिए । “आफ्नो निर्देशकबाट यस्तो अनादर सहनु पर्दा दुःख लागेको छ, उहाँले मलाई मूर्ख भन्नुभयो”, बोशले पत्रकारहरूलाई भनेकी थिइन्, “हामी सक्षम महिलाहरू हौँ, यो हाम्रो आवाज उठाउने मञ्च हो, विश्वले यो देख्नैपर्छ ।”

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले घटना सार्वजनिक भएपछि बोशको खुलेरै प्रशंसा गर्दै उनलाई ‘महिलाहरूले आत्मविश्वासपूर्वक बोल्नुपर्ने उदाहरण’ भनेर प्रशंसा गरेकी थिइन् । “सार्वजनिक कार्यक्रममा महिलाहरू बोल्दा उनीहरू झन् सुन्दर देखिन्छन् । त्यसैले मेरो समर्थन यी युवतीलाई नै हो”, राष्ट्रपति सेनबामले भनेकी थिइन् ।

नवाटले पछि माफी मागे पनि प्रतियोगिताका दिन पत्रकारहरूले सोध्दा उनले सुरुआतमा टिप्पणी गर्न अस्वीकार गर्दै ‘अब यसबारे प्रशंसकहरूले नै चर्चा गरून्, म परिणामको सम्मान गर्छु’ भने । तर त्यही पत्रकार सम्मेलनमा पछि उनले बोशलाई बधाई पनि दिए ।

मेक्सिकोमा बोशको पक्षमा चर्को उत्साह देखिएको थियो ।

Skip This
Skip This
Logo