काभ्रेमा आज ४ संक्रमितको मृत्यु, ११ नयाँ संक्रमित थपिए

काभ्रेमा आज ४ संक्रमितको मृत्यु, ११ नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज २० जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । शुक्रबार ३८ जना थपिएका थिए । विहिबार ४७ जना थपिएका थिए ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २४३ पुगेको छ । संक्रमित मध्ये १ हजार ७०३ जना निको भएका छन् । जिल्लामा ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार आज धुलिखेलका ७६ वर्षिया महिला, पाँचखालका ९१ वर्षिय पुरुष, बनेपाका ७२ वर्षिय पुरुष र भक्तपुरका ७३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै थपिएका नयाँ संक्रमित मध्ये बनेपाका ६ जना, धुलिखेलका १, पनौतीका २ र नमोबुद्धका २ जना रहेका छन् ।

Logo